तुलसीपुर,कात्तिक २६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको श्री गणेश सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा बामदेव भण्डारी निर्वाचित भएका छन ।
उनले प्रतिष्पर्र्धी यमलाल पराजुलीलाई १ मतले पछि पारेर निर्वाचित भएका हुन । शनिबार राती अवेर सकिएको मतगणनामा भण्डारीले १ सय ९५ मत ल्याएर निर्वाचित भएका छन भने पराजुलीले १९४ मत ल्याए ।
निर्वाचित भण्डारीको प्यानललाई राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा माओवादी र विप्लबको साथ रहेको थियो भने पराजुलीको प्यानललाई नेपाली काङ्ग्रेस र नेकपा एमालेले साथ दिएको थियो । यस्तै समुहको उपाध्यक्ष पदमा बिजय सुवेदी प्रतिष्पर्धि कुल प्रसाद कालाथोकीलाई ३ मतले पछि पारेर निर्वाचित भएका छन । निर्वाचित सुवेदीले १८६ मत ल्याए भने पराजित कालाथोकीले १८३ मत ल्याए ।
यस्तै सचिवमा माया रिजाल २२० मतका साथ निर्वाचित भएकी छिन । उनकी प्रतिष्पर्धिले दुर्गा शर्मा वलीले १३३ मत ल्याएको संयोजक लोकमणी पोखरेलले जानकारी दिए । निर्वाचित भण्डारीको प्यानलबाट अध्यक्षसहित उपाध्यक्ष र एक जना सदस्य निर्वाचित भएका छन भने पराजुलीको प्यानलबाट सचिवसहित अन्त्य सदस्य निर्वाचित भएका छन ।
यस्तै सदस्यमा लोक प्रसाद भण्डारीले २५२, तिलकराम भण्डारी २४० , मोहन वलीले २३१, हरिप्रसाद रेग्मीले २२५, शर्मिला नेपालीले २२५ , हरिकला कठायतले २१६, जाल्पादेवी दमाईले १९९, कमला भट्टराई १९२ र बसन्ता पुनले १८० मत ल्याएर निर्वाचित भएका छन ।
बन समुहको सहसचिव गिरीराज भण्डारी र कोषाध्यक्षमा डण्डपानी मल्ला भने यसअघि नै निर्विरोध भइसेकेका थिए ।