२०८० मङ्सिर १७ गते आइतवार

बाँके प्रहरीले सवा ५ लाख बढीको पटाका नष्ट गर्यो

दाङ, कात्तिक २६ । बाँके प्रहरीले लुकिछिपी बिक्रि बितरण गरि रहेको पटाका जफत गरि नष्ट गरेको छ ।

नेपालगंज उपमहानगरपलिका र खजुरा गाउँपालिका क्षेत्रका बिभिन्न पसलहरुमा अबैद्य रुपमा बिक्रि बितरणका लागि राखिएका पाँच लाख १६ हजार सात सय ६० रुपैंया मूल्य बराबरका पटाका जफत गरि नष्ट गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका खटिएको प्रहरी टोलीले शनिबार जफत पछि ती पटाका जफत गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *