तुलसीपुर, कात्तिक २५ । दाङमा चोरी शिकारी गर्न जंगल गएका ब्यक्तिले हानेको गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको तथ्य खुलेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ७ हर्नियाका ३० बर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरी कात्तिक २३ गते बेलुकी साढे ४ बजे स्थानीय जंगलमा अचेत अवस्थामा फेला परेका थिए ।
घर बिदामा आएको समयमा स्थानीय संग मिलेर जनसेवा सामुदायिक वनमा मालुको पात टिप्न गएका चौधरीको हत्या घोराही – ५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीले चलाएको भरुवा बन्दुकको गोलीबाट भएको तथ्य पेला परेको एक जना प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीले शनिबार बिहान १ बजे भरुवा बन्दुकसहित नियन्त्रणमा लिइ सकेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर तौलीहवा कपिलबस्तुमा दरबन्दी भइ सोही गणमा कार्यरत चौधरी घटनाको तीन दिन पहिले घर बिदामा आएका थिए ।
चौधरीको छातिमा पाँच वटा बन्दुकको छर्राको प्वाँल लागेको र पछाडि पिठ्यूको भागमा एउटा प्वाँल देखिएको थियो । शब पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य बिज्ञानमा राखिएको छ ।
प्रहरीलाई सूचना दिने ब्यक्तिले सशस्त्रका जवान चौधरीको रुखबाट लडेर मृत्यु भएको जानकारी दिएका थिए ।
सोही दिन बेलुका ७ बजेर ४० मिनेटमा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिठान पु¥याउँदा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।