२०८१ फाल्गुन ७ गते बुधवार

आमाले चक्कुले घाँटीमा हानेकी छोरीको मृत्यु, आमा पक्राउ

तुलसीपुर, कात्र्तिक २५ । आफ्नै आमाले चक्कुले घाँटीमा हानेकी छोरीको मृत्यु भएको छ।

लमही नगरपालिका – ७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले कार्तिक ८ गते दिउँसो घरमा कोही नभएको समयमा आफ्नै १६ दिने छोरीको घाँटी तरकारी काट्ने चक्कुले रेटेर गम्भीर घाइते तुल्याएकी थिइन ।

हत्याको प्रयास गर्दै गर्दा घरका सदस्यले देखेपछि शिशुलाई उद्धार गरि लमही अस्पताल पु¥याइएको थियो ।

लमहीमा उपचार संभव नभएपछि शिशुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि रिफर गरिएको थियो ।

त्यहाँको उपचार पछि पाँच दिन पहिले घर ल्याइएकी नबजात शिशुमा एकाएक समस्या देखिएपछि बिहीबार बेलुका लमहीस्थित तुलसी बाल अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले फरककोणलाई बताए ।

प्रहरीले आरोपित आमालाई पक्राउ गरेको छ । निर्मालाई दश दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले शुक्रबार अनुमति प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।


चौधरी परिवारको आर्थिक अवस्था निकै कमजोर छ । घाइते नबजात शिशुको उपचारमा समस्या उत्पन्न भएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक श्रेष्ठकै नेतृत्वमा एक लाख रुपैंया संकलन गरि चौधरी परिवारलाई प्रदान गरिएको थियो ।

निर्मालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, उनको मानसिक स्वास्थ्य चेकजाँच तथा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो । छोरी उपचार पछि घर आएपछि आमालाई माइतीमा पठाइएको थियो ।

आमा र छोरीलाई संगै नराख्ने भन्ने चिकित्सकको सल्लाह अनुसार उनलाई माइतीमा पठाइएको थियो । प्रहरीले नबजात शिशुको मृत्यु पछि फेरि आरोपिति आमालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *