दाङ, कात्तिक २४ । भूकम्पका घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ घारिगाँउका २३ बर्षीय निरोज विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
घाइते बिष्टको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बिष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
यो संगै जाजरकोटलाई केन्द्र बिन्दु बनाइ गत शुक्रबार मध्य रातिको बिनासकारी भूकम्पमा परि रुकुम पश्चिममा मात्रै ५३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार