तुलसीपुर, कात्तिक २४ । घोराहीमा एक जना सशस्त्र प्रहरीका जवान जंगलमा मृत अवस्थमा फेला परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ७ हर्नियाका ३० बर्षीय जुगारु चौधरी बिहीबार बेलुकी स्थानीय जंगलमा मृत फेला परेका थिए ।
कलिबस्तुमा कार्यरत चौधरी कात्र्तिक २१ गते घर बिदामा आएका थिए ।
बुधबार बिहान स्थानीय महिला संग जंगलमा मालुको पात टिप्न भनेर गएका उनको रुखबाट लडेर मृत्यु भएको भनेर स्थानीयले प्रहरीलाई बेलुका साढे ४ बजेतिर खबर गरेका थिए ।
प्रहरीले चौधरीलाई उद्धार गरि बेलुका ७ बजेर ४० मिनेटमा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिठान पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले रुखबाट लडेर मृत्यु भएको भनिएपनि चौधरीको छातीमा भरुवा बन्दुको छर्राले लागेको जस्तो घाउहरु देखिएको जानकारी दिए ।
घटना बारे चौधरी संगै पात टिप्न गएका महिला माथि सोधपुछ भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
चौधरीको मृत्यु शंकाष्पद देखिएको भन्दै प्रहरीले पोष्टमार्टम रिपोर्ट पछि उनीमाथि गोली प्रहार भए नभएको एकीन हुने बताए । घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।