२०८० मङ्सिर २२ गते शुक्रवार

रुकुम पश्चिममा मृतकका परिवारलाई राहत वितरण गरिदैँ

रुकुम पश्चिम,कात्तिक २४ । रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णयअनुसार रुकुम पश्चिममा शुक्रबारदेखि वितरण गरिँदै छ ।

रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो ।

सानीभेरीका मृतकका परिवारलाई शुक्रबारदेखि र आठबिसकोटका पीडितलाई शनिबारदेखि आर्थिक राहत वितरण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए ।

उनका अनुसार एकै परिवारमा एकभन्दा बढीको ज्यान गएको हकमा सुरुको दुई लाखमा अन्य मृतकअनुसार एक लाखका दरले थप रकम उपलब्ध गराइनेछ ।

नगद राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा पाँच करोड बजेट आइसकेको बताउँदै मृतकका कानुनवाला हकदारलाई वितरण गरिने बडुवालले बताए ।

जाजरकोटमा भने मृतकका परिवारले नगद राहत पाउन समय लाग्ने भएको छ ।

मृतकका कानुनी हकवालाको पहिचान, मृत्युदर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूर्ण गर्न बाँकी नै रहेकाले आर्थिक राहत वितरणमा केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

अहिले राहत वितरणमै केन्द्रित भएको उनको भनाइ छ । जाजरकोटमा एक सय एकजनाको ज्यान गएको छ 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *