दाङ, कार्तिक २४ । गत शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकालाई राहत सङ्कलन कार्य जारी रहेको छ ।
यसैबिच दाङको नारायणपुर उद्योग वाणिज्य संघले पनि भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ ।
आज शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी मार्फत संघले राहत उपलब्ध गराएको हो ।
संघले एक लाख ५३ हजार पाँच सय बराबरको राहत उपलब्ध गराएको छ । संघले १०२ थान ब्लाङ्केट, १२० केजी चामल, २५ केजी च्युरालगायतका सामग्री उपलब्ध गराएको छ ।
संघले खाद्यान्न, लत्ताकपडा, महिला तथा पुरुषलाई न्यानो कपडा, बालबालिकाका लागि न्यानो कपडा, जुत्ता, चप्पल पनि उपलब्ध गराएको संघका अध्यक्ष अभियान बस्नेतले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार