२०८० मङ्सिर २३ गते शनिवार

तुलसीपुरका मिठाइ पसलमा आवश्यक मापडण्ड पनि पालन गरेको पाइएन

तुलसीपुर,कात्तिक २४ । तिहार पर्वमा अत्याधिक बिक्रि वितरण हुने तुलसीपुरका मिठाई पसलहरुमा अनुगमन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले नजिकिदैँ गरेको तिहार पर्वलाई लक्षित गर्दै मिठाई पसल र खाद्यन्न पसलहरु अनुगमनमा बिहीबार अनुगमन गरेको हो ।

तुलसीपुर बजारका ६ वटा मिठाई पसलहरुमा अनुगमन गर्दा अधिकांश उत्पादन हुने ठाउँहरु व्यवस्थित नभएको र आवश्यक न्यूनतम मापदण्डपनि पालना नगरेको पाइएको छ ।

सरसफाइमा चरम लापरवाही देखिएको तुलसीपुर उपमहानगपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताइन ।

अनुगमनमा सबैभन्दा बढी तुलसीपुर बसपार्कमा रहेको न्यू प्रसान्त नास्ता तथा मिठाई पसलमा देखिएको उनले बताइन । उक्त पसलको भान्साको संरचना व्यवस्थित नदेखिएको, स–साना किराहरु भित्र रहेको, मिठाइहरुमा रङको जथाभावी प्रयोग गरेको पाइएको थियो ।

तयारी कक्षको व्यवस्थापन गरि उत्पादन कार्य गर्न, ढोका, झ्यालमा जाली लगाउन , नियमित सरसफाइ गर्न , भण्डारण कक्षलाई व्यवस्थित गरि कच्चा सामग्री राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले जानकारी दिए ।

अनुगमनको क्रममा तुलसीपुरको शुभकामना होटल, सुन्गाभा मिठाइ पसल लगाएतका पसलहरुमा भान्सा र मिठाइ उत्पादन हुने ठाउँमा सरसफाइको कमी देखिएको थियो ।

उनीहरुलाई सुधार गर्न निर्देशन दिइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताइन । खाने कुरा
प्याकिङमा पत्रिकाको प्रयोग नगर्न, लेबल नलागेको सामग्री प्रयोग बिक्रि वितरण नगर्न, रङको प्रयोग नगरी उपभोक्तालाई गुणस्तरयुक्त खानेकुराहरु दिएर मात्रै व्यवसाय गर्न आग्रह गरिएको शर्माले बताइन ।


उनले अटेर गरेमा कारबाही गर्ने चेतावनी दिइएको बताइन ।

अनुगमनका क्रममा केही खाद्यन्न पसल र होटहरुबाट म्याद नाघेका डिउ,फेन्टा,जथाभावी रङ मिसावट गरेका पकौडा लगाएतका सामग्रीहरु बरामदसमेत गरिएको थियो।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *