तुलसीपुर,कात्तिक २३ । तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तरर्गत तथ्याङ्क संकलन गरिने भएको छ ।
यहि कात्तिक २३ गते देखि तुलसीपुरका सबै वडाहरुमा एकैसाथ तथ्याङ्क संकलन कार्य सुरु गरिने तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।
तथ्याङ्क संकलन गर्न भुमी व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ३२ जना गणक र ४ जना सुपरिवेक्षक आउने लागेको उनले बताए ।
उनीहरुले प्रत्येक नागरिकको घर–घरमा पुगेर व्यक्तीगत,पारिवारिक,आर्थिक,विश्लेषण,सुची तयार गरि तथ्याङ्क संकलन गर्ने छन । त्यस पश्चात राज्य सुविधा अनुरुप परिचयपत्र वितरण कार्यक्रम गरिने छ । तथ्याङ्क संकलन कार्यक्रम ४ महिनासम्म चल्ने छ ।
घरदैलोमा आउने गणकहरुलाई सत्यतथ्य विवरण उपलब्ध गराई महत्वपुर्ण कार्यक्रममा सहयोग पु¥याउन उपमहानगरपालिकाले नगरवासीहरुमा अनुरोध पनि गरेको छ ।