अर्घाखाँची,कात्तिक २३ । अर्घाखाँचीमा हत्या भएको बीस वर्षपछि एक फरार अभियुक्त पक्राउ परेका छन्। २०६० सालमा एक महिलाको हत्या गरेर फरार रहेका पुरुष प्रहरीको फन्दामा परेका हुन्।
२०६० साल फागुन १३ गते शितगंगा नगरपालिका(८ चरिङगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर(३ बाहिरी गाममा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। हत्या गर्दा घर्ती ४१ वर्षका थिए। बीस वर्षपछि उनी ६१ वर्षको उमेरमा पक्राउ परेका हुन्।
चोरी गर्ने मनसायले उनले नन्दाको हत्या गरेका थिए। हत्यापछि फरार रहेका घर्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।