दाङ,कात्तिक २२ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।
कोषको सचिवालय बैठकले भूकम्प पीडितको राहत र उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे०ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने छन् ।
प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार