२०८० मङ्सिर १७ गते आइतवार

रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता सुरु


लक्ष्मण बस्नेत ,तुलसीपुर,कात्तिक २२ । तुलसीपुर १ भमकेमा मंगलबार देखि रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ ।

स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन भएको प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन ।

स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेका अध्यक्ष तथा प्रतियोगिता संयोजक खगेन्द्र नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा खेलप्रेमी,युवा समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।

यसबैच प्रतियोगिता अन्तरगत मंगलबार भएका खेलमा तुलसीपुर ९ बेलुवा र तुलसीपुर ६ बिजयी भएका छन् ।

उद्घाटन खेलमा आयोजक रोयल भमके “बि”लाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै तुलसीपुर ९ ले बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै दोस्रो खेलमा मिलन युवा क्लब तुलसीपुर ७ लाई ६ विकेटले पाराजित गर्दै तुलसीपुर ६ बिजयी भएको हो ।

उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको तुलसीपुर ९ ले निर्धारित १५ ओभरमा आफ्ना ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।

जसमा तुलसीपुर ९ का हरि वलिले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै किशोर वलि र युवराज वलिले क्रमशः २३ र १५ रन जोडे ।

बलिङ तर्फ रोयल भमके बि का आयुस भन्डारी २ र गिरिराज बिक ,सरद ढकाल,सुदिप पान्डेले समान १-१ बिकेट लिन सफल भए । १५४ रनको बिजयी लक्ष्यका जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको रोयल भमके बि ११ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४५ बनाउन सक्यो ।

जसमा गिरिराज बिक ले १४ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन । बलिङ तर्फ तुलसिपुर ९ का रन्जित चौधरीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप बि क,दानिस अन्सारी र विशाल वलिले समान १-१ बिकेट लिए । खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाउने तुलसिपुर ९ का हरि वलि म्यान अफ द म्याच घोसित भए ।

उनले नगद ५ सय तथा मेडल प्राप्त गरे। यस्तै दोस्रो खेलमा टस जितिर ब्याटिङ मा उत्रेको मिलन युबा क्लब १३ दशमलव २ ओभरमा अल आउट हुँदै ८३ रन मा समेटियो।

मिलन युबा क्लबले दिएको ८४ रनको बिजयी लक्ष्य तुलसीपुर ६ ले १२ ओभरमा पुरा गर्‍यो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तुलसीपुर ६ का राजेन्द्र केसि म्यान अफ द म्याछ घोसित भए ।

यसैबीच प्रतियोगिता अन्तरगत भोलि बिहान रोयल भमके ए र मिलन युवा क्लब त्यस्तै त्रीशिदेश्वरी क्रीकेट क्लब तुलसीपुर र तुलसीपुर ११ भिड्नेछन् ।
झन्डै एक साता सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *