दाङ, कात्तिक २१ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका – ६ जमुना बुढा मगरले गत बर्ष फागुनमा नबीन बुढा मगर संग विवाह गरेकी थिइन ।
१९ बर्ष नहुँदै जमुना र नबीनका बीचमा माया प्रेम बसेको थियो । जमुना प्लस टू उत्तिर्ण थिइन । प्रेम राजगारको खोजीमा भारत आवजाउ ।
उनीहरुले आफ्नो कलिलै उमेरको प्रेमलाई राजीखुसी विबाहमा परिणत गरेका थिए । दुबैका घर परिवारपनि बाधक बनेनन् । सामाजिक परम्परा अनुसार उनीहरुका बीचमा बिहे भयो ।
उमेर नपुगेको भएपनि उनीहरु बीचको विबाहलाई समाजमा औपचारिक रुपमै मान्नेता पाइ सकेको थियो । बिहे पछि महिना दिन बित्दा नबित्दै जमुनाको गर्भमा उनीहरुको प्रेमको निशासीले प्रेबश पायो । जसबाट यो जोडी निकै खुसी थियो ।
नयाँ पाहुना कस्तो होला ? जमुना र नबीन प्रतिक्षामा थिए ।
जमुना ८ महिनाको गर्भमा रहेको सञ्तानलाई सकुशल जन्मदिन चाहन्थिन । तर, नियतिलाई सायद त्यो स्वीकार्य थिएन । शुक्रबार मध्य राति जाजरकोटलाई केन्द्र बिन्दु बनाएर विनासकारी भूकम्प गयो ।
दूभाग्र्य , त्यही भूकम्पले सुन्दर कल्पना र सपनामा अकल्पनिय बज्र खस्यो । त्यो भूकम्पले जमुनाको सिउँदो उजाडी सकेको थियो । उनका पति नबीन बुढा मगर सदाका लागि बिदा भइ सकेका थिए ।
पति संगै अनेक सपना सजाउँदै सुतिरहेका जमुना र नबीनको जोडीलाई उनीहरुकै घर धप्किएर पुरेको थियो । घरको खण्डहरु बाट जमुनाले आफ्नो पेट जोगाउन खोजेपनि केही जोर चलेन । गर्भमा हुर्किदै गरेको ८ महिनाको छोरा माथि चोट प¥यो ।
भूँइचालोबाट नबीनको घटनास्थलमै मृत्यु भइ सकेको थियो ।
घाइते अवस्थाकी जमुनालाई उद्धार पछि अस्पताल तर्फ दौडाइयो । रुकुम पश्चिमको सानी भेरी गाउँपालिका – ९ मा जुमनाको माइती हो । जमुनाका बुवा भागिराम खड्का बुढा मगर दौडिएर छोरीको घर पुगेका थिए ।
भागिराम कान्छी छोरी जमुनाको छटपटाहट देखेर निकै अत्तालिए । छोरीलाई अस्पताल पु¥याउन उपस्थित सबै संग अनुनय गरे । एउटा बोलेरो गाडी आउँदै गरेको देखेपछि दश हजारमा बुक गरि छोरीलाई अस्पताल पु¥याउन खोजे ।
भूकम्पले ठाउँ ठाउँमा सडक अबरुद्ध थियो । भागिरामले स्थानीय जनप्रतिनिधिलाई गुहारे । चार घन्टाको प्रयास पछि स्वास्थ्य चौकी पु¥याए । स्वास्थ्यकर्मीले गर्भबती जमुनाको उपचार त्यहाँ संभव नहुने र तुरुन्तै बाहिर लैजानु पर्ने सल्लाह दिए ।
जमुना छटपटाई रहेकी थिइन । बुवा भागिराम र आमा पबित्रा हारगुहार गर्दै भगवान पुकारी रहेका थिए ।
केही बेरमै नेपाली सेनाको हेलिकप्टर आए पछि भागिराम र पबित्राले राहात महुशुस गरेका थिए ।
शनिबार दिउँसो साढे १२ बजे जमुनालाई बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा पु¥याइएको थियो । अस्पतालमा चेकजाँचका क्रममा उनले पाठेघरमा आठ महिनादेखि जतन साथ हुर्काउँदै आएको बच्चा मरिसकेको कुरा चिकित्सकले भनिदिए ।
एउटी आमालाई आँफैले बडो जतनका साथ पेट भित्र हुँर्काउँदै आएको बच्चा मर्दाको पीडा कति दर्दनाक हुन्छ ? सायद, त्यो पीडा अरु कसैले अनूभत गर्न सक्दैन । जुन शब्दमा उल्लेख गर्नपनि संभव हुँदैन । जमुनाले त्यही नियती र पीडा भोग्नु प¥यो । गर्भको ८ महिनाको छोरा र जोडा गुमाउनु पर्दा आज उनी बिछिप्त बनेकी छन् ।
आइतबार चिकित्सकले उनको पेटबाट मरेको बच्चा अप्रेसन गरि निकाली दिए । मरेको छोरा निकाले पछि दोस्रो दिन झनै अत्यास लाग्दो खबर जमुनाले सुनिन् । सोमबार मात्रै जमुनाले आफ्ना पति नबीनको पनि बिनासकारी भूकम्पले मृत्यु भइ सकेको कुरा थाँहा पाइन ।
उपचाररत जुमनाले भेरी अस्पतालको सैस्यामा आँशुका भेरीहरु बगाइ रहेकी छन ।