दाङ, कात्तिक २० । नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला धरौटीमा छुटेका छन् ।
दाङ जिल्ला अदालतले शुक्रबार उनलाई ७० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालते तोकेको धरौटी रकम बुझाएर उनी छुटेका हुन ।
उनी कात्र्तिक २ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
गृह नगर सुर्खेत तर्फ जाँदै गरेका बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको दुर्घटनाको केही बेरमै मृत्यु भएको थियो।
बाँस्तोलालाई भने सकुशल थिए । दशैं बिदाका कारण बाँस्तोला लामो समय प्रहरी हिरासतमा बस्नु परेको हो ।