तुलसीपुर, कात्तिक २० । तुलसीपुर उद्योग बाणिज्य सघंले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।
दुई जिल्लाका भूकम्प प्रभाबितहरुका लागि एक लाख ५१ हजार आर्थिक सहयोगको घोषणा गरेको छ ।
आइतबारको कार्य समितिको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको सघंका महासचिब बिनिल केसीले जानकारी दिए ।
यो बाणिज्य सघंले कर्णालीका भूकम्प प्रभावितका लागि एकद्वार प्रणाली मार्फत सहयोग गर्ने अभियान समेत संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि सघंमा राहतकोष समेत स्थापना गरेको छ ।
सोमबारदेखि राहत संकलन अभियान सुरु गरेको महासचिव केसीले बताए । यसैबीच सघंका अध्यक्ष रामप्रसाद चालिसेले र महासचिव बिनिल केसीले बिज्ञप्ति मार्फत बिपतको समयमा मानविय नाताले सबैमा सक्दो सहयोगका लागि हातेमालो गर्न उद्योगी ब्यबसायिलाई अपिलपनि गरेका छन् ।
सहयोगका लागि सघंको सचिवालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।