घोराही,कात्तिक २० । दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक संकटको समयमा व्यापारिक मेला महोत्सव रोक लगाउन माग गदै ज्ञापन पत्र बुझाएको छ ।
सोमवार घोराही उप महानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी र घोराही उप महानगरपालिकाका उप प्रमुख हुमा डिसीलाइ बुझाएको हो ।
ज्ञापन पत्रमा कोभिड–१९ र आर्थिक मन्दीका कारण स्थानीय व्यापार व्यवसाय तहसनहस भइ व्यवसायीहरु पलाएन हुने अवस्था सिर्जना भएको छ ।
यस्तो अवस्थामा घोराही नगर क्षेत्रमा कुनै पनि वहानामा व्यवसायीहरुलाइ असर पर्ने गरी व्यवसायिक मेला महोत्सव लगाउनु भनेको व्यवसायीहरुलाइ पलाएन हुने र आत्महत्या गर्न प्रोत्साहन गर्नु सरह हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यो आर्थिक मन्दीबाट अर्थतन्त्र केही सुधार नहुन्जेलसम्म कुनै पनि संघ÷संस्थालाइ मेला महोत्सव आयोजना गर्ने अनुमति प्रदान नगरी दिनु हुन माग गरिएको छ ।
‘आर्थिक संकटको कारण धेरै व्यवसायीहरु पलायन हुदै गएका छन् यस्तो अवस्थामा मेला महोत्सव लगाउदा थप समस्या हुन्छ’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले भने ।
यस्तो अवस्थामा व्यापारीक मेला महोत्सव लगाउदा व्यवसायीहरु सबै संकटमा पुग्ने बताए । त्यसैगरे रोक्न माग गरिएको उनले बताए ।
अहिले धेरैले व्यवसाय छोडेर विदेशीएका छन् कोही व्यापार छोडेर यही वस्न बाध्य भएको उनको भनाइ रहेको छ । कसरी व्यावसायमा टिकाउने भन्ने ठुलो समस्या रहेको उनको भनाइ रहेको छ ।
यस तर्फ सबैले ध्यान दिनु पर्ने बताए । व्यवसायी पलायन हुदा घर धनीहरु समेत समस्यामा परेको उनले बताए ।
आर्थिक संकटको कारण पछिल्लो व्यापार व्यवसाय सुनसान रहेको संघका महासचिव महेन्द्र वुढाथोकीले बताए । सबै मिलेर यस प्रकारको समाधान गर्नु पर्ने उनको भनाइ रहेको छ ।
ज्ञापन पत्र बुझदै घोराही उप महानगरपालिकाका उप प्रमुख हुमा डिसीले उद्योग बाणिज्य संघले उठाएको विषयमा आफनो तर्फ बाट सहयोग रहने बताइन ।
यसका बारेमा उपमहानगरपालिकाले निर्णय गरेर अगाडि वढने समेत उनको भनाइ रहेको थियो । अहिले आर्थिक संकटको कारण हरेक क्षेत्रमा समस्या परेको उनको भनाइ छ ।
दर्ता विना अव्यवस्र्थीत व्यसायलाइ नियन्त्रण गर्न माग
दाङ जिल्ला उद्योग वाणिज्य संघले संघले उप महानगरपालिका लाई चाडपर्वको समयमा दर्ता विनाका अनाधिकृत झोले, पोके घुमन्ते व्यवसायी र अव्यवस्थित ठेला गाडा व्यवसायीलाइ नियन्त्रण गर्न माग गरेको छ ।
अव्यवस्र्थीत रुपमा बजारको आवागमन अस्त व्यस्त वनाएको र बजारको दर्ता गरी बहालमा रहेका व्यवसायीहरुलाइ असर पुगेको भन्दै यस्ता गतिविधीलाइ निगरानी र अनुगमन गर्न आग्रह गरेको छ ।
उप महानगरपालिकाका उप प्रमुख हुमा डिसीले यस प्रकारको गतिविधि नियन्त्रण गर्न आफु अगाडि बताइन् । यसका लागि उद्योग वाणिज्य संघको साथ सहयोग आवश्यक रहेको बताइन् ।
संघका अध्यक्ष जोशीले आफनो तर्फ सहयोग रहने बताएका थिए । ज्ञापन पत्र वुझाउन अध्यक्ष जोशीको नेतृत्वमा गएको थियो ।
टोलीमा उद्योग उपाध्यक्ष धुव गहतराज, महासचिव महेन्द्र वुढाथोकी, सचिव विकास वली, सह कोषाध्यक्ष माधव खनाल सदस्य निमवहादुर वुढाथोकी भाडा व्यवसायी समितीका अध्यक्ष मधुसुदन अधिकारीको सहभागिता रहेको थियो ।