काठमाडौं ,कात्तिक २० । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार