२०८० मङ्सिर २२ गते शुक्रवार

प्रथम नवयुथ कप : पुरुष भलिबलको उपाधी तुलसीपुर ३ लाई


लक्ष्मण बस्नेत,तुलसीपुर,कात्तिक २० । तुलसीपुर नगर स्तरिय प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी तुलसीपुर ३ ले जितेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा न १ को आयोजना तथा नवयुथ क्लब तुलसीपुर १ को समन्वयमा तुलसीपुर १ भमके छोटेमा आईतवार सम्पन्न फाईनल खेलमा वडा न १ लाई ३-२ अर्थात २५-१३,१९-२५,२२-२५,२५-१६,१५-७ को सेटमा पराजित गर्दै वडा न ३ ले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ४० हजार,ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो ।
फाईनलमा सम्मानजक हार ब्यहोरेको वडा १ उपबिजेतामा सिमित रहदै नगद २० हजार,कप,मेडल,प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी वडा न ३ का ओम प्रकाश मल्ल भए । उनले नगद १ हजारका साथमा ट्रफी हात पारे ।

त्यस्तै वेष्ट स्पाईकर वडा न १ का दिनेश सुनार,वेष्ट सर्भर वडा न ३ का रमेश प्रकाश मल्ल र वेष्ट ब्लकर वडा न १ का टीका राम वलि लाई जनही ५ सयका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोह नवयुथ क्लबका अध्यक्ष वालकृष्ण धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न १ का अध्यक्ष हुमकान्त साप्कोटाको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा न १ का अध्यक्ष हुमकान्त साप्कोटा, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तुलसिपुर उपमहानगरपालिका वडा न १ का सदस्य मेघराज सोनि, नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुदेव जैसी लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन क्लबका सल्लाहकार कोमल डिसिले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *