२०८० मङ्सिर २३ गते शनिवार

आजदेखि भूकम्प पीडितलाई राहात बितरण गरिदै

दाङ, कात्र्तिक १९ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई आइतबारदेखि राहात वितरण सुरु गरिएको छ ।
मानिसको उद्धार कार्य सकिएको हुँदा भग्नाबशेषमा पुरिएका पशु चौपाया, धनमालको खोजीपनि संगै थालिएको छ ।

शुक्रबार मध्य रातिको बिनासकारी भूकम्पका कारण दुई जिल्लामा सयौं पशु चौपाया मरेको अनुमान गरिएको छ । त्यस्ता पशु चौपायाको खोजी गरि घाइतेको उपचार र मरेका पशु चौपायको ब्यबस्थान गर्न थालिएको छ ।

भूकम्पमा कारण रुकुम पश्चिममा ५२ र भूकम्पको केन्द्रविन्दु जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो । दुई जिल्लामा गरि एक सय ५७ जनाको मृत्यु भएको छ । त्यसमा परि सयौं घाइते भएका छन् ।

सामान्ने केही घाइतेहरुको जिल्लाका अस्पतालहरुमा र अन्य गम्भीर घाइतेहरुलाई सुर्खेत, बाँके र काठमाडौंमा लगेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *