दाङ, कात्तिक १९ । भूकम्प पछि घाइतेको उपचारका लागि दाङबाट जाजरकोट पुगेको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली आइतबार फर्किन थालेको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीको नेतृत्वमा गएको चिकित्सकसहितको स्वास्थ्य टोली उपचार पछि फर्किन जालेको हो ।
संगै गएका अस्पतालका एक स्वास्थ्यकर्मी जीवन खड्का अनुसार घाइते सबैको उपचार भइ सकेको र स्वास्थ्य समस्या समाधान भइ सकेको हुँदा शनिबार बिहान गएको १८ जनाको चिकित्सकसहितको एउटा स्वास्थ्य टोली आइतबार फर्किन थालेको हो ।
खड्काका अनुसार अर्थोपेडिक डा। निवास शर्मा नेतृत्वको चार सदस्य टोली भने जाजरकोटमै बस्ने भएको छ ।
चार वडा गाडीमा औषधि र उपचार सामाग्रीसहित पुगेको चिकित्सकको टोलीले आँफुले लगेर गएको झन्डै चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्तारण गरेको खड्काले बताए ।
आइतबारदेखि जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहात सामाग्री वितरण थालिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । भग्नाबशेषमा पुरिएका पशु चौपाया, धनमालको खोजीपनि संगै थालिएको छ ।
शुक्रबार मध्य रातिको बिनासकारी भूकम्पका कारण रुकुम पश्चिममा ५२ र भूकम्पको केन्द्रविन्दु जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो । दुई जिल्लामा गरि एक सय ५७ जनाको मृत्यु भएको छ ।
त्यसमा परि सयौं घाइते भएका छन् । सामान्ने घाइतेहरुको जिल्लाका अस्पतालहरुमा र अन्य गम्भीर घाइतेहरुलाई सुर्खेत, बाँके र काठमाडौंमा लगेर उपचार भइरहेको छ ।