२०८१ असोज २४ गते बिहिवार

भुकम्प पिडितका लागि दाङ उवासंघले राहात संकलन गर्ने


दाङ, कार्तिक १८। दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्पवाट पिडित भएकाहरुलाइ राहात सङकलन गर्ने भएको छ ।

संघको शनिवार वसेको आकस्मीत बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

सहयोग गर्ने चाहने सहयोगी दाताहरुले, उद्योगी तथा व्यवसायीहरुले संघको कृषि विकास बैकको खाता नं ०९१९४०१०६७७४१०१४ र ग्लोबल आइ एम इ को बैक खाता नं ३१६०१०१०००००४९ मा जम्मा गर्ने सकिने महासचिव बुढाथोकीले बताए ।

त्यसैगरेर संघले ५१ हजार वराबरको खाद्यान्न जिल्ला प्रशासन कार्यालय दाङ मार्फत सम्वन्धीत क्षेत्रमा पठाएको जनाएको छ ।

बैठकले भुकम्प वाट धेरै धन जनको क्षति भएको प्रति दुख व्यक्त गदै मृतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गदै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।

बैठक संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा वसेको थियो । शुक्रवार राती जाजरकोट केन्द्र विन्दु भएर भुकम्प गएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *