२०८० मङ्सिर १६ गते शनिवार

भूकम्प अपडेट ः जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १३६ जनाको मृत्यु,१६६ जना घाइते

जाजरकोट,कात्तिक १८ । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार भूकम्पमा परी जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना गरी अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा घाइते भएका ८१ मध्ये ३३ जना जाजरकोटमै उपचाररत रहेको र २२ जनालाई भने थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । यस्तै, रुकुम पश्चिममा घाइते भएका ८५ मध्ये ४० जना उपचाररत छन् भने १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ । ४० जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *