२०८१ मङ्सिर २७ गते बिहिवार

भूकम्पबाट घाइते जाजरकोटका एक जनाको उपचारका क्रममा मृत्यु

दाङ,कात्तिक १८। भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।

भूकम्पमा परी घाइते भएका २७ जनालाई भेरी अस्पतालमा लगिएको थियो। एक जनाको मृत्यु भएपछि हाल २६ जनाको अस्पतालमा उपचार भइरहेको डा.रिसालले बताए। हेलिकप्टररहवाई जहाजमा उनीहरुलाई अस्पतालमा पुर्‍याइएको हो।

भूकम्पबाट घाइते भएका व्यक्तिको उपचार गर्न भेरी अस्पतालमा विशेष व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार व्यवस्था मिलाइएको बताए। अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए।

यसै गरी थप २२ जना घाइतेहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *