२०८१ असोज २४ गते बिहिवार

रुकुममा पश्चिममा भूकम्पबाट ३८ जनाको मृत्यु (नामसहित)


दाङ, कात्तिक, १८ । शुक्रबार रातिको भूकम्पनका कारण रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा १० जनागरि ३८ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेहरुमा आठविसकोट नगरपालिका १४ का ५६ बर्षीया तुली मल्ल, १३ बर्षीय विराज मल्ल, १५ वर्षिया प्रेमा मल्ल, १० वर्षिया चन्द्रकला मल्ल, ५५ बर्षिय कुमारो महतारा, ७० वर्षिया पूर्ण कुमारी शाही, २६ बर्षिया भूमिका शाही, ४ बर्षिया एकनाथ मल्ल, नौ महिनाको शिशु आयुष शाही र ४७ बर्षिया अमृता मल्ल रहेका छन् ।


आठविसकोट नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी मृत्यु भएको छ ।


त्यस्तै सोही नगरपालिका वडा नम्वर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्वर १४ को वर्ष बासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ ।


भूकम्पमा परेर पूर्वी रुकुम घर भइ आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडि चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भइ कामको सिलसिलामा आएका वर्ष ४७ को खड्क वि.क. र वर्ष ३६ को अनिल वि.क.को पनि मृत्यु भएको छ ।


त्यस्तै सानीभेरी गाउँपालिका वडा नम्वर १ चाइनाबगर बस्ने वर्ष ३१ को धनविर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनिषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्वर १ की ६० वर्षिया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


भूकम्पको कारण भत्किएका विभिन्न संरचनाको कारण १४२ जना घाईते भएको छन् । घाईतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार जारी छ ।

घाईते मध्य ५ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ भने १० जनालाई नेपाल वायु सेवा निगमको जहान मार्फत नेपालगञ्ज लगिएको छ ।


शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *