दाङ, कात्तिक १८ । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा औषधीसहितको स्वास्थ्यकर्मीको टोली पठाउन थालेको छ ।
भूकम्पबाट बढी प्रभावित जिल्लाहरु रुकुम पश्चिम र जाजरकोटका लागि दाङबाट मात्रै चार गाडीमा औषधी र स्वास्थ्यकर्मी पठाउन थालिएको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
बुटवल र नेपालगंजमा पनि समन्वय भइ रहेको हुँदा औषधिसहित थप स्वास्थ्यकर्मी पनि पठाउने गरि कुरा भइरहेको मुख्यमन्त्री चौधरीले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि उपचार र उद्धारका लागि अन्य टोलीपनि पठाउन लागिएको छ ।
प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पनि स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली रुकुम पश्चिम र जाजरकोट तर्फ जति हुन्छ छिटो पठाउने तयारी गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार