२०८० मङ्सिर २३ गते शनिवार

रुकुम पश्चिममा २७ जनाको मृत्यु ,५३ घाइते

दाङ, कात्तिक १८ । भूकम्पबाट रुकुम पश्चिमका दुई पालिकामा २७ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।

बिहान ५ बजे सम्मको बिवरण अनुसार सानी भेरी गाउँपालिकामा नौं जना र आठबिसकोट नगरपालिकामा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

सानी भेरीमा ३ महिला र ६ पुरुष तथा आठबिसकोटमा नौं महिला र नौं पुरुषको भूकम्पका कारण मृत्यु भएको छ ।

आठबिसकोटमा काम बिषेशले बर्दिया बाट गएका दुई जनाकोपनि मृत्यु भएको छ ।

त्यस्तै सानी भेरीमा १५ महिला र १३ पुरुष घाइते भएका छन भने आठबिसकोटमा ११ महिला र १४ पुरुष घाइते भएको जिल्ला प्रहरी प्रबक्ता धर्मेन्द्र खड्काले जानकारी दिए ।
घाइतेको उपचार जारी रहेको छ ।

रुकुम पश्चिममा यी दुई पालिकामा गरि १२ जना महिला र १५ जना पुरुषको मृत्यु भएको छ । त्यस्तै २६ महिला र २७ पुरुष घाइते रहेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *