२०८१ असोज २९ गते मङ्गलवार

उद्योगपति डिल्लीबहादुर बस्नेतलाई बिमाले दियो ८० लाख

तुलसीपुर,कात्तिक १७ । अग्नी पीडित तुलसीपुरका उद्योगपति डिल्लीबहादुर बस्नेतलाई बिमा कम्पनीले ८० लाख रुपैंया प्रदान गरेको छ ।

एनएलजी इन्सोरेन्स कम्पनी तुलसीपुरले शुक्रबार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका चिफ कर्पोरेट मार्केटिङ बुद्धप्रकाश सिंहले अग्नी पीडित उद्योगपति बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन ।

भदौ १६ गते राति तुलसीपुर उपमहानगरपालिका – ६ स्थित बस्नेतको गणपति आयल एण्ड जनरल मिल्स प्रालिको गोदाममा बिद्युत सर्ट भइ आगलागी भएको थियो ।

इन्सोरेन्स कम्पनीले आगलागी पछि सर्भे गरि बस्नेतले दाबी गरेको भुक्तानी अध्यनगरि क्षतिपुर्ती उपलब्ध गराएको सिंहले बताए । बस्नेतले झन्डै एक करोड भुक्तानी दाबी गरेका थिए ।

आगलागी पछि आँफुहरुले गरेको माग दाबी बमोजिम बिमा कम्पनीले समयमै बिमा बाफतको रकम उपलब्ध गराउँदा आँफुले राहात अनुभूति गरेको बस्नेतले प्रतिक्रिया दिए ।


‘ हामीले प्राप्त गरेको रकमबाट हामी सञ्तुष्ट छौं,’ चेक बुझ्दै बस्नेतले भने ‘यसले हाम्रो पीडामा मलहम लगाउने काम गरेको छ ।’

चेक बुझ्दै बस्नेतले बिमा नगरेको भए आँफुहरुले ठूलो क्षति बेहोर्नु पर्ने बताए । उनले गाउँ घरमा बस्नेदेखि सबैले आफ्नो घर तथा भवनको समयमै बिमा गराएमा भविश्यमा हुने हानी नोक्सानी न्यूनिकरण गर्न सहज हुने बताएका थिए ।

आगलागी बाट सवा दुई करोड बढीको क्षति भएको पीडित बस्नेतले बताएका थिए । दाल र मेसिनको इन्सोरेन्समा समाबेश नभएको हुँदा क्षति भएको माल सामानको मात्रै बिमा दाबीको माग गरिएको बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *