तुलसीपुर, कात्तिक १७ । तुलसीपुरमा शुक्रबारदेखि प्रथम लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
तुलसीपुर स्थित अरनीको मैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन गदै मुख्यमन्त्री चौधरीले लुम्विनी प्रदेशको तुलसीपुरलाई तेक्वान्दो हवको रुपमा विकास गर्ने बताए ।
उनले आफु पनि पुरानो तेक्वान्दो खेलाडी भएको भन्दै प्रदेश सरकारले तेक्वान्दोको हव बनाउन सधै सरकारले साथ दिने विस्वास दिलाए । मुख्यमन्त्री चौधरीले यस्ता खेल र खेलाडीले राष्ट्र र लुम्विनी प्रदेशलाई सवै स्थानमा चिनाउने बताए ।
उनले तुलसीपुरमा तेक्वान्दोको भवन बनाएको र भिडियो रेकडिङ सिष्ट राख्ने बताए । उनले त्यो काठमाण्डौपछि दाङमा दोस्रो हुने दावी समेत गरे ।
त्यस्तै कार्यक्रममा प्रदेश योजना आयोगमा उपाध्यक्ष डा.नहकुल केसीले खेलकुदले मानिसलाई स्वस्थ अनुशासित बताउने तर्क गरे ।
जिल्लामा खेलकुदका संरचना निमार्ण र तुलसीपुरको अरणीको मैदानको विकासमा सधै कटिबद्ध भएर लाग्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाँगी लगायतले तुलसीपुरमा रहेको अरणीको मैदानलाई व्यवस्थित सबै तहबाट लाग्नुपर्नेमा जोड दिए ।
यस्ता खेलकुद प्रतियोगिताले प्रदेश तथा देशलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनुका साथै खेलाडीहरुमा उर्जा पर्दान गर्ने बताएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले उत्कृष्ट खेलाडी उत्पादन गदै स्वास्थ्यसंगसंगै खेलकुदको जिवन शैलिलाई अगाडी बढाउन प्रतियोगिता आयोजना गरेको बताए ।
उनले खेल क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।