२०८१ असोज २४ गते बिहिवार

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं,कात्तिक १७ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले युएईको तेस्रो विकेट लिएका छन्।

आगामी वर्ष अमेरिकामा हुने टी-२० विश्वकपको छनोटको निर्णायक खेलमा युएई विरुद्ध नेपालका लामिछानेले ९.६ ओभरमा आसिफ खानको विकेट लिएका हुन्।

यो सँगै नेपालले युएइको तेस्रो विकेटका लागि ३२ रनको साझेदारी तोडेको छ। आसिफ १३ रनमा एलबिडब्लु आउट भएका हुन्। अहिले युएई ९ ओभरको समाप्तीमा ६५ रन बनाएर खेलिरहेको छ।

नेपालले त्यसअघि एकै ओभरमा २ सफलता हात पारेको थियो। ३.१ ओभरमा युएइका ओपनर खालिद शाहा ३ रनमा रनमा रनआउट हुँदा सोही ओभरको चौंथो बलमा कप्तान तथा ओपनर मोहम्मद वासिम पनि आउट भए।

वासिम २६ रनमा आउट भए। उनलाई सोमपाल कामीले करण केसी द्वारा क्याच आउट गराए। युएइले ३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ३० रन बनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *