२०८१ माघ १० गते बिहिवार

वडाध्यक्ष कप टि–२० क्रिकेट : वडा ११ र १२ को बिजयी सुरुवात


तुलसीपुर, कात्तिक १६ । दाङ तुलसीपुरको उरहरीमा आजदेखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका वडा ११ आयोजनामा अमर माबी उरहरी खेल मैदानमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र गौरव जोडिएको खेल क्षेत्र सिङ्गो राष्ट्रको पहिचान भएको बताए ।

खेलकुद क्षेत्र राष्ट्रको पहिचान स्थापित गराउने एक दरिलो माध्यम हो यसको गरिमालाई सदैव उच्च राख्न नितान्त आवश्यक छ उनले भभने ।

साथै उनले क्रिकेटप्रति युवाहरुको आकर्षण बढाउन स्थानीय स्तरका गतिबिधिलाई प्राथमिकतामा राखिएको बताए ।

तुलसीपुर क्षेत्रका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको समेत उनले बताए ।

त्यस्तै उपमेयर स्यानी चौधरीले वडा स्तरमा हुने खेल गतिबिधिले खेलाडी उत्पादन गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । साथै खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल खेल्न आग्रह गरिन् ।

प्रतियोगिताको उद्घाटन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न ११ अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्य एवं उपमेयर स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको हो ।

वडा न ११ की सदस्य प्रभा परियारको स्वागत रहेको कार्यक्रमको संचालन वडा न ११ का सचिव पदम अधिकारीले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा वडा न ११ र १२ बिजयी भएका छन् । वडा न ११ ले आफ्नो उद्घाटन खेलमा वडा न १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै वडा न १२ ले वडा न ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत भोलि बिहान पहिलो खेलमा वडा न ११ बि र वडा न ७ भिड्नेछन् र दोस्रो खेलमा वडा न १४ र वडा न १ भिड्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको बिजेता, उपबिजेताले क्रमशः नगद २५ र १५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । कार्तिक २० गतेसम्म संचालन हुने प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *