२०८१ माघ ९ गते बुधवार

पहिलो पटक सयपत्री फूलको मूल्यमा एकरुपता ल्याउने तुलसीपुरको प्रयास

प्रतिकेजी न्यूनतम ३ सय रुपैया

तुलसीपुर,कात्तिक १६ । तुलसीपुर उपमहानगरपालिकाले सयपत्री फूलको मुल्यमा एकरुपता कायम गर्न मुल्य निर्धारण गरेको छ ।

बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासंगको छलफल पछी फूलको न्यूनतम मुल्य निर्धारण गरिएको हो ।

तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलखेती तर्फ युवा तथा विद्यार्थीले ठाउँ – ठाउँमा फूल खेती गरेका छन् ।

उत्पादन राम्रो भएपछि यो बर्ष तुलसीपुर पुष्प विकास केन्द्रले प्लाष्टिकका मालाहरु आयातमा रोक लगाइएको छ ।

वातावरण र स्वास्थ्यका दृष्टिले पनि प्लाष्टिकका माला हानिकारक हुने जिल्लाका चार पालिकाले सार्वजनिक अपिल जारी गरि प्लाष्टिकका माला प्रयोग नगर्न आग्रह गरि सकेका छन् । तुलसीपुर गाउँपालिकाले विक्रि वितरण र आयातमा रोक लगाइए सकेको छ ।

यसले गर्दा व्यवसायिक रुपमा फूलखेती गरेका युवा तथा विद्यार्थी उत्साहित भएका छन ।

तुलसीपुरमा १५ जना पुष्प व्यवसायी र चार वटा सामुदायिक तथा निजि स्कुल–कलेजहरु गोरखा मोडेल कलेज ,तुलसीपुर बहुप्राविधिक शिक्षालय,गुरु जजुर नमुना माबि र अमर माबि उरहरीका बिद्यार्थीले तिहारलाई लक्षित गरि फूल खेती गरेका छन ।

उनीहरुको गरेको फूल खेतीको बजारिकरणमा सहजता लागि न्युनतम प्रतिकेजी तीन सय रुपैया मुल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले जानकारी दिए ।

स्थानीय कृषक तथा व्यवसायिलाई फूल मालाहरु बिक्रि वितरणमा सहयोग गर्न उपमहानगरपालिकाले तुलसीपुरका विभिन्न चार स्थानहरु उत्तरमा अरणिको मैदान,दक्षिणमा तरकारी तथा फलफूल परिसर,पश्चिममा बसपार्कको कोशेली घर र पूर्वमा घोराही रोडमा रहेको तुलसी मार्टलाई तोकेको छ ।

तुलसीपुर बजारमा प्लाष्टिकका मालाहरु विस्थापित गर्नका लागि सबै सरोकारवालाहरुले संयुक्त रुपमा अनुगमन गर्ने र प्लाष्टिकका माला बिक्रि गर्दै आएका व्यवसायिलाई फूलका मालाहरु बिक्रि वितरण गर्न आग्रह गर्ने निणर्य भएको नगरप्रमुख खड्काले बताए ।

बिद्यार्थी तथा किसानले उत्पादन गरेका फूल विक्रि वितरणमा सहयोग पु¥याउन उनीहरुको नाम, ठेगाना, सम्पर्क नम्बरसहित प्रचारप्रसारमा सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले उपमहानगरपालिकाले थालेको अभियान सराहनिय रहेको भन्दै फूल किसानका लागि मात्रै नभइ हरेक व्यवसायिको हकहितका लागि गम्भिर बन्न आग्रह गरेका थिए ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मिराज खड्का र तुलसीपुर चम्बर अफ कर्मशका कोषाध्यक्ष सन्तोष खडकाले उपमहानगरापलिकाले प्लाष्टिकका मालाहरु बिक्रि वितरणमा प्रतिबन्ध लगाएपनि बजारका भित्रि गल्लीहरुमा अहिले पनि प्लाष्टिकका मालाहरु बिक्रि भइरहेको भन्दै भरपर्दौ अनुगमनको माग गरेका थिए ।

त्यस अवसरमा पुष्प खेती गर्दै आएका बुद्धिराज पौडेल, मेट्रो कलेजका क्याम्पस प्रमुख बसन्त आचार्य,गोरखा मोडेल कलेजका क्याम्पस प्रमुख पुर्ण बिक्रम डाँगी, तुलसीपुर ९ बेलुका तुलबहादुर बिक, तुलसीपुर – ७ गणेशपुरका खेतु भण्डारी, मेट्रो कलेजका कृषि प्रशिक्षक घनस्याम केसी, तुलसीपुर – १ भमकेका केबी वली, गुरु जजुर नमुना माबिका राजिब रेग्मी लगाएतले तिहार र फूलको महत्वबारे प्रकास पारेका थिए ।

तिहार नजिकिएसंगै फूलको माग बढ्न थालेको भन्दै फूल तथा माला बिक्रि बितरणमा सघाउन आग्रह गरेका थिए ।

कार्यक्रममा पत्रकार नारायण खडका, अमर भण्डारी, बालाराम खड्का लगाएतले धाराणा राखेका थिए ।

दाङमा उत्पादन भएका फूलहरु छिमेकी जिल्ला सल्यान, बाँके, नेपालगञ्ज, बुटवल, प्युठान, सुर्खेत लगाएत बाहिरी जिल्लामा पनि माग हुन थालेको किसानले बताएका थिए।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *