२०८१ मङ्सिर १८ गते मङ्गलवार

तुलसीपुर उपमहानगरपालिकाद्घारा प्लाष्टिकजन्य पुष्प गुच्छा नियन्त्रणमा

तुलसीपुर कात्तिक १६ । तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोक लगाएको छ ।

असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाएपनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आएपछि पालिकाले नियन्त्रणमा ल्याएको छ ।


तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले दश वटा पसलबाट प्लास्टिकका माला,गुच्छा नियन्त्रणमा ल्याएको बताइन ।

उनले असोज २३ गते नै नेपाल सरकारकले वातावरण संरक्षण ऐन २०७६को दफा १५ को उपदफा (६)ले दिएको अधिकार प्रयोग गरी नियन्त्रणमा लिइएको बताइन ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *