दाङ ,कार्तिक १५ । दाङमा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथाननजिक लु ३ च ३८५३ नम्बरको पिकअप भ्यान र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ वर्षीया सविना यादव घाइते भएकी छन्।
उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्। ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार