२०८० मङ्सिर २३ गते शनिवार

दशैँ अवधिमा लुम्बिनी प्रदेशमा ७६ सवारी दुर्घटना,२७ जनाको मृत्यु

तुलसीपुर,कात्तिक १४ । लुम्बिनी प्रदेशमा दशैँको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भएका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशैँको घटस्थापना देखि कोजाग्रत पुर्णिमाको दिनसम्म (१५ दिन) को अवधिमा प्रदेशका १२ जिल्लामा ७६ वटा सवारी साधनहरु दुर्घटना परेका हुन ।

दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते भएका छन ।

दशैँको अवधिमा रुपन्देहीमा सबैभन्दा बढी १५ वटा सवारी दुर्घटना भएका छन ।

त्यस्तै बाँकेमा १२,कपिलबस्तुमा १२,दाङमा १०,नवलपरासीमा ७,बर्दियामा ७,पाल्पामा ५,अर्घाखाँचीमा ४,प्युठानमा ३,गुल्मीमा १ वटा दुर्घटना भएका छन भने रोल्पा र पुर्वी रुकुममा कुनैपनि दुर्घटना नभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं सुचना अधिकारी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

त्यस्तै सवारी दुर्घटनाबाट पाल्पामा सबैभन्दा धेरैको मृत्यु भएको छ । गत असोज २८ देखि कात्तिक ११ गतेसम्म पाल्पामा सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना पुरुष छन भने ३ जना महिला रहेका छन ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मल्ली मगरका अनुसार सोही अवधिमा रुपन्देहीमा ३ पुरुष र १ महिला गरि ४ जनाको मृत्यु भएको छ भने नवलपरासीमा ४ जना पुरुष,दाङमा ३ पुरुष र १ महिला गरि ४ जना,बर्दियामा ३ जना पुरुष,बाँकेमा २ जना पुरुष,कपिलबस्तुमा १ पुरुष,गुल्मीमा १ पुरुष,अर्घाखाँचीमा १ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा एक वर्ष देखि ६० वर्ष माथी उमेर समुहका रहेका छन ।

दशैँको अवधिमा सवारी कम हुदाँ यात्रुको चाप बढी हुने,भौगोलिक विकटता, चालकको लापरबाही, मापसे,साँघुरो सडक लगाएतका कारण चाडपर्वको समयमा बढी दुर्घटना हुने गरेको प्रवक्ता मगरले जानकारी दिए ।

ट्राफिक नियम मिच्ने ७ हजार ७ सय १३ सवारी कारवाहीमा

यसैबिच ट्राफिक नियम मिचेर सवारी साधन चलाउने ७ हजार ७ सय १३ वटा सवारी कारवाहीमा परेका छन ।

दशैँ अवधिमा चेकजाँच गर्ने क्रममा ट्राफिक नियमको पालना नगरेको भेटिएपछि कारवाहीमा सवारी साधन सहित चालक पनि परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता मगरले जानकारी दिए ।

उनका अनुसार नवलपरासीमा सबैभन्दा बढी १ हजार ४ सय ३६ सवारी कारवाहीमा परेका छन ।

त्यस्तै रुपन्देहीमा १ हजार ३ सय ४५,कपिलबस्तुमा ८ सय ८६,बर्दियामा ८ सय २४,पाल्पामा ७ सय १५,बाँकेमा ६ सय २३,दाङमा ५ सय ३३,प्युठानमा ४ सय ९,गुल्मीमा ४ सय ५,रोल्पामा २ सय ८ र पुर्वी रुकुममा ८७ सवारी साधन कारवाहीमा परेका छन ।

यसैबिच कारवाही गरिएका ति सवारी साधनबाट ५ करोड ५५ लाख ८ हजार ५ सय राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *