२०८१ चैत्र १४ गते बिहिवार

विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

गुल्मी ,कात्तिक १४ । विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

च्याउ खाएर ईस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् ।

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

हिजो घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *