२०८२ बैशाख ७ गते शनिवार

रोल्पामा ३२ बर्ष पहिले किबी भित्र्याउने इन्द्रबहादुर

किबीबाट कमाउँछन् लाखौं

रोल्पा, कार्तिक १३ । रोल्पाको जिनवाङका इन्द्रबहादुर खत्रीले किबीको ब्यबसायिक खेती बाट राम्रो आम्दानी लिदै आएका छन् । गत बर्ष किबी बेचेर १५ लाख रुपैंया आम्दानी गरेका खत्रीले यो बर्ष मंसिरमा फल टिप्न सुरु गर्ने योजना रहेको जानकारी दिए ।

रोजगारीको खोजीमा भारतको हिमाञ्चल प्रदेश पुगेका उनले पहिलो पटक त्यही किबीको ब्यबसायिक खेती हुने रहेछ भन्ने थाहाँ पाएका थिए ।

आठ बर्ष मजदुरी गरि सकेपछि त्यहाँको विश्वविद्यालयका कृषिविज्ञ डा। कृष्ण कुमारलाई रोल्पामा संभाब्यता अध्यनका लागि निम्त्याएर २०४८ सालदेखि इन्द्रबहादुरले किबीको हिमाञ्चलबाट किबीका बोट रोल्पा पु¥याई खेती सुरु गरेका थिए ।

३२ वर्षअघि इन्द्रबहादुरले हिमाञ्चलबाट किवीका बिरुवा जिनावाङ पु¥याउँदा स्थानीयले पत्याएका थिएनन् । तर, आज उनको आम्दानी बर्षेनी बढ्दै गएपछि स्थानीयपनि दंग परेका छन् । नेपालमा सुरु भएको सशस्त्र द्वन्द्वका कारण इन्द्रबहादुर बिस्थापित कुनैदिन बिस्थापित हुँदा उनको किबी खेतीपनि माली बिनाको बगैचा जस्तै बन्न पुगेको थियो ।


शान्ति प्रक्रिया सुरु भएपछि फेरि फर्किएर उनले आफ्नो बगैचा हेरचाह गर्दै अगाडि बढेको बताए । शान्ति प्रक्रिया पछि २०६३ सालमा इन्द्रबहादुर फेरि गाउँ फर्केर किवी खेतीमा जमेका थिए । हाल उनका तीन हजार बढी किवीका बोटहरु छन् भने तीन ठाउँमा गरि खेती १०५ रोपनीमा फैलिएको छ ।

आज इन्द्रबहादुर लुम्बिनी प्रदेशकै सबैभन्दा ठूला व्यावसायिक किवी खेती गर्ने किसान हुन । उनको खेती हेर्न गंगादेब गाउँपालिका – ३ जिनावाङमा हालसालै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीपनि पुगेका थिए ।

उनले जिनावाङलाई लुम्बिनीको कृषि हबका रूपमा विकास गर्ने लक्ष्य राखेको र उत्पादन हुने ठाउँमा बाटो पुगाउन प्रयास हुने बताएका थिए ।

प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले बिकट जिनावाङको मोडेल हेरेर प्रदेशको कृषि नीति बनाइने बताएका थिए ।

रोल्पाको जिनावाङलाई आलु, स्याउ, किवी र पशुपालनका दृष्टिकोणले जिल्लाकै सबै भन्दा प्रख्यात स्थल हो । यहाँका करिब एक हजार किसानले बर्षेनी आलु बेचेर करोडौं रुपैंया भित्र्याउँने गरेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *