२०८० मङ्सिर २२ गते शुक्रवार

थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बाँके,कात्तिक १३ । बाँकेमा रोकिइराखेको ट्याक्टरमा जोडिएको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्याक्टरमा जडित धानको थ्रेसरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार वाल्मिकीको मृत्यु भएको हो ।

बिहीबार राति दुर्घटनामा परेर घाइते भएका वाल्मिकीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *