२०८० मङ्सिर १६ गते शनिवार

प्रहरीले मेडिकल बनाउन लगेका बिबेक सौचालयबाट भागे

तुलसीपुर , कात्तिक १३ । दाङमा सोमबार बिहान एक जना प्रहरी हिरासतमा रहेका बन्दी मेडिकल गराउन अस्पताल लगेको समयमा भाग्न सफल भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार दुई तीन दिन अगाडि चोरी मुद्दामा पक्राउ गरि प्रहरी हिरासतमा राखिदै आएका घोराहीका बिबेक नेपालीलाई प्रहरीले मेडिकल गराउन घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगेको थियो ।

बिहान साढे ९ बजेतिर उनी सौचालय जान्छु भनेपछि लगेर गएका प्रहरीले उनको हतकडी खोलिदिएको थियो । हतकडी खोलिएका नेपाली सौचालयबाटै प्रहरीलाई झुक्याएर भाग्न सफल भएको एसपी केसीले बताए ।


उनी मोवाइल चोरी केसमा पक्राउ परेका थिए ।
फरार नेपालीको खोजीको लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *