२०८१ माघ ९ गते बुधवार

कोरियामा तेक्वान्दो खेलाडी बिष्ट सम्मानित


दाङ, कार्तिक १२ । दाङ निवासी तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित भएकी छिन् ।

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्धय सुनिता विष्ट र सीता तामाङलाई सम्मान गरेका हुन् ।

लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा सुनिता र सीतालाई करिब १ लाख रुपैयाँसहित सम्मान गरेका थिए ।

आरकेले आफू पनि खेलाडी भएकाले उनीहरूलाई प्रोत्साहित गर्न सम्मान गरेको बताए ।

सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्लो तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।

विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर ट्रेनिङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् ।

उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१मा सकिनेछ ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *