२०८० मङ्सिर १७ गते आइतवार

यस्तो थियो गेहेन्द्र गिरीको चियापान कार्यक्रम…

"गुट र उपगुटको आजैदेखि अन्त्य गरौँ "


तुलसीपुर,कात्तिक ११ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले गुट र उपगुटको आजैदेखि अन्त्य गर्नुपर्ने बताएका छन ।

नेपालीहरुको महान पर्व दसैं, तिहार, छठ लगायतको अबसर पारी केन्द्रिय सदस्य गिरीले शनिवार तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै एकतामा नै शक्ती भएकोले गुट उपगुटको अन्त्य गर्नुपर्ने बताएका हुन ।


विभिन्न गुट उपगुटले पार्टी कमजोर हुने र बाह्य शक्तीले त्यसको फाइदा उठाउने भएको हुदाँ आजैदेखि दुर्गा भवानीलाई साक्षी राखी संगठन विस्तारको लागि एकजुट भएर लाग्न आग्रह गरे ।


‘विभिन्न गुट उपगुटमा विभाजित भएर रहनु राम्रो होइन,त्यसले संगठनलाई राम्रो गर्दैन,गिरीले भने,‘दुर्गा भवानीलाई साक्षी राखेर आजैको दिन देखि संगठन विस्तारको लागि एकजुट भएर लागौँ ।’


विसं २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व.बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएकोले सोही कदमलाई पछ्याउदैँ कार्यक्रमको आयोजना गरेको गिरीले बताए ।

कांग्रेस दाङका पुर्व पार्टी सभापति समेत रहेका गिरीले आपसमा भाइचारा स्थापित गर्न तथा शुभकामना साटासाट गर्न चियापान कार्यक्रम आयोजना गरिएको बताए ।


त्यस कार्यक्रममा नेपाली काँग्रेसका नेता,कार्यकर्ता, शुभेच्छुक संघ संस्था, भातृ संगठनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी सघंका केन्द्रिय सदस्य युवा नेता रबि बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *