दाङ,कार्तिक ११ । गोरक्षपात्रदेबता सिद्धरत्ननाथ दाङ देबिपाटन महायात्रा अन्र्तगत पर्ने बिभिन्न बिश्राम स्थलहरुको स्थलगत अबलोकन तथा प्रारम्भिक सर्बेक्षण शुरु भएको छ ।
सरसफाई एबम् र्ममत सुधार उपसमितिका सयोजक बलदेब योगी सहितको प्राबिधिक टोलीले गोरक्षपात्र देबताको बिश्राम स्थल रहेका दाङको घोराही उपमहानगरपालिका अन्तरर्गत चौपट्टा, लमही नगरपालिका वडा नम्बर ६ मा अबस्थित देउपुर मन्दिर परिसर, गढवा गाउपालिका अन्र्तगत पर्ने जमुनीबास, कोईलाबास मन्दिर परिसर र भारतको बलरामपुरमा अवस्थित रत्ननाथ मन्दिर परिसरको अबलोकन गरि प्रारम्भिक सर्बेको काम शुरु गरेको सरसफाई तथा र्ममत सम्भार उपसमितिका सयोजक बलदेब योगीले जानकारी दिए ।
मुल आयोजक समितिका संयोजक महन्त सुरतनाथ योगी , सदस्य सचिब डाक्टर गोबिन्द आचार्य र प्राबिधिकको टोलीद्धारा बिश्राम स्थलहरुको प्रारम्भिक सर्बे गरिएको हो ।
पात्रदेबता यात्राको अबधिमा बिश्राम स्थलका लागी आबश्यक अस्थाई पुर्बाधार संरचनाको ब्यबस्थापन , खानेपानी तथा आबास र भोजनालय स्थल , प्रबचन तथा सत्सग, स्थल, बिधुत आपुर्ति सेवा ,र निर्माण भएका भौतिक संरचनाहरुको अबस्था र आबश्यक ब्यबस्थापन र त्यसको र्ममतका लागी लाग्ने खर्च सहितको ईष्टीमेट प्राबिधिक टोलीले तयार गरेर उपसमिति मार्फत मुल आयोजक समितिलाई पेश गर्ने र सोही अनुसार कार्यक्रमको खर्चको लागत तयार हुने सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले जानकारी दिए ।
‘प्रत्यक उपसमितिले कार्यक्रम सम्पन्न गर्नका लागि आ–आफ्नो बिभागको लागत खर्च सहितको अनुमानित बिबरण कार्तिक मसान्त सम्म भनेका छौ,’आचार्यले भने ।’ घोराही उपमहानगरपालिका १७ चौघेरामा अबस्थित एतिहासिक महत्व बोकेको गोरक्ष पात्रदेबता सिद्धरत्ननाथ मन्दिर दाङबाट भारतको तुलसीपुरसम्म गोरक्षपात्र देबता लिएर जाने परम्परागत चलन रहि आएको छ ।
यस अघि मन्दिरका सिमिति भक्तजनहरुबाट यात्रा हुदै आएकोमा यो बर्ष यात्रालाई लुम्बिीनी प्रदेश कै गौरबको कार्यक्रमको रुपमा अघि बढाईने भएकोले सोही अनुसार गठित मुल आयोजक समिति र बिभिन्न उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी अनुसारको प्रारम्भिक कामहरु शुरु गर्र्नेे क्रममा सरसफाई तथा र्ममत उपसमितिले बिश्राम स्थलहरुको अबलोकन र आबश्यक ब्यबस्थापनका लागी प्रारम्भिक सर्बे गरेको हो ।
परापुर्ब कालदेखि हुदै आएको गोरक्षपात्र देबता सिद्धरत्ननाथ देबि पाटन यात्रालाई यो बर्ष लुम्बिनी प्रदेश सरकारको बिशेष पहलमा भब्य बनाउने लक्ष्य अनुसार गठित बिभिन्न उपसमितिहरुले प्रारम्भिक कामहरु अघि बढाएका हुन ।
यो यात्रालाई लुम्बिनी प्रदेश सरकारले प्रदेश गौेरबको कार्यक्रमको रुपमा अघि सारेको छ । यात्रा ब्यबस्थापन गर्न लुम्बिनी प्रदेशका मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीको संरक्षकत्व रहने गरि एक सय बढी सदस्य सम्मीलित मुल अ ायोजक समिति र बिभिन्न उपसमितिहरु गठन भएका हुन ।
गोरक्षपात्रदेबता सिद्धरत्ननाथ र भारतको देबिपाटन बिचको एतिहासिक सम्बन्धका साथै धार्मिक र सास्कृतिक महत्वको बारेमा जागरण फैलाउन र दुई देशबिचको धार्मिक सद्भाब सम्बन्धलाई थप मज्बुत बनाउनका साथै पर्यटन प्रर्बद्धनका हिसाबले यात्रा फलदायि हुने आयोजकको अपेक्षा रहेको छ ।