काठमाडौं,कात्तिक ११ । परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता भएका विपिन जोशीसहितका निर्दोष नागरिकको सुरक्षाका लागि आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति मार्फत् इजरायलमा आक्रमणपछि हमास समूहले बन्धक बनाएको आशंका गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकको सुरक्षाको लागि आह्वान गरेको छ।
हमासले इजराइलमा आक्रमण गरेको पहिलो दिन अक्टोबर ७ देखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन बेपत्ता छन्।जोशीको अवस्था अझै अज्ञात छ। गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बेपत्ता नेपालीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ।
प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार