२०८१ मङ्सिर १७ गते सोमवार

देउखुरी बहुमुखी क्याम्पसको अध्यक्षमा खड्का विजयी

लमही,कार्तिक १० । दाङकाे लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको व्यवस्थापन समितिकाे अध्यक्षमा लालबिर खड्का विजयी भएका छन् ।

शुक्रबार भएकाे निर्वाचनमा खड्काले आफ्ना प्रतिस्पर्धी बाबुराम चाैधरीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

खड्काले १३७ मत प्राप्त गरेका थिए भने चाैधरीले ५८ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा प्रकाश कुमार जिसी (१३६), पदम प्रसाद शर्मा (पुडासैनी) (१५२), हल्लु प्रसाद चौधरी (१५६), कृष्ण प्रसाद शर्मा (केपी घिमिरे)(१७२), बिद्याशरण चौधरी (१५८), गुलाम महम्मद जागा मुसलमान (१३९), प्रेम कालाथोकी (१५५), पवन शर्मा रिजाल (१५०), ध्रुबनारायण चौधरी (१५५), गोपाल ज्ञावली (१४२) र सुलोचना गिरी (१६३) विजयी भएका छन् ।

यसअघि काङ्ग्रेस, एमालेका महिला सदस्यका उम्मेदवारहरु मिनादेबी गुरुङ्ग र बिना न्यौपाने निर्बिरोध भईसकेका छन ।

कुल २३५ मतदाता रहेका थिए भने २०० मत खसेकाे थियाे ।

२०६२ सालमा स्थापना भएकाे क्याम्पसमा यसअघिका समिति सर्वसम्मत भएका थिए। क्याम्पस व्यवस्थापन समितिकाे लागि याे पहिलाे निर्वाचन हाे ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *