२०८१ मङ्सिर १८ गते मङ्गलवार

सेनाका लेस नायकको लडेर मृत्यु


दाङ, कात्तिक १० । दाङमा एक जना नेपाली सेनाका लेस नायकको लडेर मृत्यु भएको छ ।


लमजुङको मध्य नेपाल नगरपालिका–९ घर भइ हाल दाङको लमही नगरपालिका – ६ देउपुरस्थित रणसिंह दल ब्यारेकमा कार्यरत ३० बर्षीय शितल थापाको शुक्रबार दिउँसो लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेतिर सौच गर्न सौचालय जाने क्रममा लेस नायक थापा चिफ्लिएर झन्डै डेढ सय मिटर जति तल अर्जुन खोलामा खसेको र घटनाको १५ मिनेट मित्रै उनलाई उद्धार गरि लमही अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।


मृतकको शब पोष्ट मार्टमको लागि अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *