तुलसीपुर,कात्तिक १० । नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसका अवसरमा तुलसीपुरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
नेपाल तरुण दल तुलसीपुर नगर समितिले स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती प्रदेशीक अस्पताल तुलसीपुरका ७० जना बढी बिरामीहरुलाई फलफूल बितरण गरेको हो ।
नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीको अध्यक्षता तथा दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यता एवं क्षेत्र नम्वर ३ (क) का सभापती देबेन्द्र रिजालको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमा बोल्दै प्रमुख आतिथि खड्काले तरुण दल नेपाली कांग्रेसको प्रमुख भातृ सगंठन भएको हुदाँ सबै कांग्रेसका कार्यकर्ताहरु एक भएर अगाडी बढ्न आग्रह गरे । केही समय देखि तुलसीपुरमा तरुण दलमा केही फाटो देखिएकोले सबैलाई एक बनाएर लैजान समेत आग्रह गरे ।
‘राजनीति भनेको पढेर मात्र होईन,यसमा अनुभवको समेत आवश्यक पर्छ,खड्काले भने,‘तरुणदलका सम्पुर्ण कार्यकर्ताहरु कुनै व्यक्तिको पक्षमा नभई पार्टि र संगठनको पक्षमा बोल्न जरुरी छ । ’
कार्यक्रममा महाधिवेशन प्रनितिधिहरु देबा डाँगी,धनश्याम ढकाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य अनिल न्यौपाने, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटा, नेपाली कांग्रेस तुलसीपुर नगर सभापती सुरेश हमाल लगाएतको सहभागिता रहेको थियो ।
नेविसंघ जिल्ला सदस्य अर्जुन भटराईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल तरुण दल तुलसीपुर नगर सचिव बीरेन्द्र कुमार डाँगीले गरेका थिए ।
यसैबिच सुरेन्द्र सिंङ राठोर नेतृत्वको तरुणदल तुलसीपुर समितिले भने आजै बेलुका तुलसीपुरको विपी चोकमा दीप प्रज्वलन कार्यक्रम गर्दै छ ।