२०८१ चैत्र १२ गते मङ्गलवार

सल्यानका २० बर्षे घनश्याम मृत्यु प्रकरण – कुटपिटमा संलग्न दुबै युवा पक्राउ

दाङ, कात्तिक ९ । सल्यानको बागचौर नगरपालिका – ७ कोटबाराका २० वर्षीय घनश्याम वली मृत्यु प्रकरणमा संलग्न रहेका भनिएका दुबै युवक पक्राउ परेका छन् ।

बागचौर – ८ स्यालाका २५ वर्षीय केशर वलीलाई प्रहरीले बुधबार मध्यराति सल्यान र रुकुम जिल्लाको सीमानाबाट पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ पछि केशरलाई इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ ।

कात्तिक ४ गते दिउँसो भलिबल खेल्न गएका घनश्याम माथि अनाहकमा कुटपिटमा संलग्न मध्य स्यालाका २३ वर्षीय सन्तोष वलीलाई बुधबार दिउँसो दाङमा पक्राउ पछि सल्यान पु¥याइ सकेको छ ।


जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले उनीहरुको कुटपिट बाट घाइते घनश्याम वलीको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको थियो ।

घटना कार्तिक ४ गते दिउँसो ४ बजे तिरको भएपनि कात्तिक ५ गते मात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको डिएसपी कार्कीले जानकारी दिएका थिए ।


कात्र्तिक ४ गते पुरानछाप गाउँमा स्थानीय विद्यालयमा युवाहरु भलिबल खेलिरहेका थिए । घनश्यामपनि त्यही थिए ।

भ्लिवलको खेल चलिरहेको समयमा केशर र सन्तोष मैदानमा प्रबेश गरेका थिए । त्यतिकैमा केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरुलाई ढोग’ भनेको भएपनि घनश्यामले ढोग्न नमानेपछि दुई जना मिलेर निर्घात कुटपिट गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।

त्यो दिन बेलुका घनश्याम घरमा गइ टाउको दुखेको भन्दै खाना नआइ सुतेका थिए । कात्तिक ५ गते उनी उठ्न सकेनन् ।

त्यो बल्ल बिरामी भएको ठानेर घर परिवारले झारफुक गराउन थालेका थिए । त्यसको भोलि पल्ट कात्तिक ६ गते घनश्यामले आफुमाथि कुटपिट भएको कुरा घर परिवालाई बताएका थिए ।

बल्ल उनलाई बागचौरको जनप्रिय मेडिकलमा उपचारका लागि लगिएको थियो । स्वास्थ्यकर्मीले घनश्यामको शरिर भित्र बिभिन्न ठाउँमा रगत जमेको भन्दै तत्काल बाहिर लैजान आग्रह गरे । उनलाई त्यसपछि त्यहाँबाट उपचारका लागि भारतको लखनउ पु¥याइएको थियो । घनश्यामको उपचारका बुधबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *