तुलसीपुर , कात्तिक ९ । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको दशैं अबधि प्रहरी हिरासतमै बितेको छ ।
उनी बिगत आठ दिनदेखि इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा छन् । दशैं बिदाका कारण उनले अझैं केही दिन हिरासतमै बस्नु पर्ने भएको छ ।
कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने हुँदा नेता बास्तोलाले अझैं केही दिन प्रहरी हिरासतमा बस्नु पर्ने देखिएको छ ।
एउटा दुर्घटनाका कारण नेता बाँस्तोला थुनामा परेका हुन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कात्र्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
टाउकोमा चोट लागेको चौधरीको स्वास्थ्य चौकी सिसहनियाँमा पु¥याएको केही बेरमै राति १० बजेपछि मृत्यु भएको थियो ।
उक्त दुर्घटना लगतै नेता बाँस्तोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।