२०८० मङ्सिर १७ गते आइतवार

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

तुलसीपुर ,कात्तिक ९ । बबई गाउँपालिका वडा नं. ३ पटेरीमा मोटरसाइकललाई बोलेरोले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएका छन ।

बुधवार गएराती ९ बजेको समयमा कालिमाटी देखि पटेरी तर्फ आउँदै गरेको रा४प ४६४९ नम्बरको मोटरसाइकललाई सोही दिसाबाट आउँदै गरेको कणाली प्रदेश ००१ च ०२०७ नम्बरको बोलेरोेले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइतेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्तानब चन्द्र मल्लले जानकारी दिए ।


गम्भिर घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नं. ४ हापुरे ३० वर्षका गणेश विक रहेका छन । प्रवक्ता मल्लका अनुसार घाइते विकलाई उपचारका लागि हिजो राती नै नेपालगञ्ज लगिएको छ ।

ठक्कर दिने बोलेरो र चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ५ का २७ वर्षीय टिकाराम बाठामगरलाई प्रक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *