२०८१ चैत्र १३ गते बुधवार

कुटपिटबाट एक युवकको मृत्यु

सल्यान ,कात्तिक ८ । सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीको कुटपिटबाट पुरानछाँप निवासी २० वर्षीय घनश्याम ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केशर र सन्तोषले घनश्यामलाई कार्तिक ४ मा स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते घनश्यामको उपचारका क्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । कृटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट प्रहरीले पक्राउ गरेको छ ।

केशर ओली भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए । फरार ओलीको खोजी भइरहेको उनले बताए ।

मृतकका दाई दिपेन्द्र ओलीले कार्तिक ४ गते स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा केशर ओली र सन्तोष ओलीले ‘हामी तेरो दाइ हौँ ढोग गर’ भन्दा खुट्टा नढोगेकै कारण कृटपिट गरेको बताउँछन ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *